एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा

१ बर्ष अगाडि

काठमाडौं - के तपाइँले कुनै बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिन चाहनुहुन्छ ? कुनै पनि बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिनुभन्दा पहिले कति शुल्क बुझाउनुपर्छ भन्ने कुराको ख्याल गर्नु जरुरी हुन्छ ।

डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिएबापत कुनै बैंकले केही शुल्क लिने गर्छन् । त्यसको तपाइँंलाई हेक्का नहुन पनि सक्छ । तर, कुनै बैंकले बिनाशुल्क यी सेवा तथा सुविधा उपलब्ध गराउने गरेका छन् । शुल्क नलिने बैंकमा खाता खोल्दा खुरुखुरु तपाइँको खाताबाट रकम काटिने सम्भावना हुँदैन । जसमा एनआईसी एशिया बैंकको योजनासमेत समावेश रहेको छ ।

डिम्याट
धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता खोल्दा कति लाग्छ रु भन्ने जानकारी पनि नहुन सक्छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । 

आफुसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गरेपछि सेयर प्रमाणपत्रको कागज चाहिँदैन । उक्त सेयर त्यो बैंकमा रहेको डिम्याट खातामा जम्मा हुन्छ । यसो भएपछि सेयर खरीद बिक्री गर्न सहज हुन्छ, खरीदबिक्रीको राफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन। कतिपय बैंकले डिम्याट खाता खोल्न रु. ५० लिन्छन् भने खाता खोलेपछि वार्षिक शुल्क रु.१०० लिने गरेका छन् । तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा ५ वर्षसम्म कुनै पनि शुल्क लाग्दैन् । 

सी–आस्बा
अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटरका माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्बा प्रणाली भनिन्छ । अहिले धेरैको जिज्ञासा सी–आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति शुल्क लिन्छन् रु भन्ने हुन्छ । सी–आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंकहरुले फरक–फरक शुल्क लिने गरेका छन् । तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा सो सेवा निःशुल्क रुपमा दिँदै आएको छ ।

सी–आस्बा सेवाअन्तर्गत सुविधा दिँदा सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ । उक्त कम्पनीबाट आईपीओमा आवेदन दिएपिच्छे नै रु. १०० शुल्क लिएको गुनासो पनि आउने गरेको छ । यद्यपि, यो शुल्क प्रचलित नियमभित्र नै रहेको देखिन्छ । बाँकी अन्य बैंकले पनि रु. १० देखि रु. २५ सम्म यस्तो शुल्क लिने गरेको पाइन्छ ।

पछिल्लो समय विभिन्न कम्पनीले जारी गर्ने आईपीओ प्रति सर्वसाधारणको आकर्षण उच्च रहेको छ । कतिपय बैंकहरुले भने आफ्ना ग्राकहहरुलाई सुविधा पुर्याउन र  बैंक प्रति आकर्षित गर्नका लागि निःशुल्क आस्बा सेवा दिंदै आएका छन् । सिडिएससीका अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ । आईपीओमा उच्च संख्यामा आवेदन पर्न थालेसँगै निःशुल्क सेवा दिँदै आएका केही बैंकहरुले पनि ग्राहकबाट शुल्क लिन सुरु गरेका छन् । तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा निःशुल्क आस्बा सुविधा पाउने गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले ल्याएको आस्बा निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान रहेको छ । बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन सुरुगर्नुभन्दा कम्तीमा तीन दिनअघि लिने शुल्कको बारेमा दैनिक पत्रिका वा कार्यालयको सूचना पाटीमा वा वेबसाइटमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

तर, बैंकहरुले लिने शुल्क भने सार्वजनिक गर्ने गरेका भने छैनन् । उनीहरुको वेबसाइटमा कहीँकतै उल्लेख गरेको पनि देखिँदैन । यद्यपि कम्पनीहरुले यो शुल्क आईपीओ परे वा नपरे पनि आवेदन दिएपिच्छे नै ग्राहकको खाताबाट काट्ने गर्दछन् । तर, एनआईसी एशिया बैंकले भने त्यस्तो सुविधा दिएबापत कुनै शुल्क लिने गरेको छैन । आईपीओमा आवेदन दिँदा नै रकम काटिने व्यवस्थालाई परिवर्तन गरेर आईपीओ परेको खण्डमा शुल्क लिने र नपरेको खण्डमा शुल्क नलिने व्यवस्था ल्याउन लगानीकर्ताले माग गर्दै आएका छन् ।

सर्वसाधारणको चाहनाअनुरुप एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा आईपीओ परे वा नपरे पनि कुनै शुल्क नलिने व्यवस्था गरेको छ । एनआईसी एशिया बैंकको यस्तो सुविधाले आईपीओमा लगानी गर्ने लगानीकर्ताले ठूलो राहत महसुस गरेका छन् ।

सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता
एनआईसी एशिया बैंकले जनतालाई नेपालकै सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले  नयाँ योजना ‘सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता’ ल्याएको छ । यस बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदर, रु. ८४ लाखसम्मका ३ बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु एवं विशेषताहरु रहेका छन् । 

यसका साथै, बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी–आस्बासहित ११.७९ लाखसम्मको निःशुल्क सुविधा पाइने व्यवस्था बैंकले गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया