निक्षेप बाहिरिने क्रम बढेसँगै बैंकहरुको सीडी रेसियो फेरि बढ्न थाल्यो

१ बर्ष अगाडि

काठमाडौं - पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो_ फेरि बढ्न थालेको छ । 

असार मसान्तसम्ममा राष्ट्र बैंकको नियमअनुरुप ९० प्रतिशतमुनि सीडी रेसियो कायम गर्न सफल भएका बैंकहरुको सीडी रेसियो फेरि बढ्न थालेको छ । 

असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसतमा सीडी रेसियो ८६.४१ प्रतिशत रहेको थियो । तर, साउन २५ गते बुुधबारसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो बढेर ८८.२५ प्रतिशत पुुगेको छ । जुन अघिल्लो दिन साउन २४ गते ८८.०५ प्रतिशत थियो । 

नेपाल बैंकर्स संघका अनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.६९ प्रतिशत थियो । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया