विश्वभर जोन्सन बेबी पाउडरको बिक्री बन्द हुने, पाउडरमा संसारको सबैभन्दा नरम खनिजको प्रयोग

साउन २८, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी - जोन्सन एन्ड जोन्सन कम्पनीले सन् २०२३ मा विश्वभर बेबी पाउडरको बिक्री रोक्ने निर्णय गरेको छ । कम्पनीले बिहीबार उक्त जानकारी दिएको हो । 

दुई वर्षअघि कम्पनीले अमेरिकामा बेबी पाउडरको बिक्री बन्द गरेको थियो । अमेरिकामा हजारौँ ग्राहकले मुद्दा दायर गरेपछि कम्पनीले यो निर्णय गरेको हो ।

कम्पनीले सन् २०२० मा अमेरिका र क्यानडामा ट्याल्कमा आधारित बेबी पाउडर बिक्री गर्न बन्द गरेको थियो । कम्पनीविरुद्ध ३८ हजारभन्दा बढी मुद्दा चलिरहेका छन् । धेरै महिलाले बेबी पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भएको दाबी गरे । 

अमेरिकी नियामकहरुले पनि उक्त कम्पनीको बेबी पाउडरमा क्यान्सर गराउने तत्व फेला पारेको दाबी गरेका छन् । तर, कम्पनीले यी आरोप अस्वीकार गर्दै आएको छ । 

कम्पनीले उत्तरी अमेरिकामा घट्दो बिक्रीका कारण उक्त उत्पादन बन्द गर्ने निर्णय गरिउको जनाएको छ ।

कम्पनीको बेबी पाउडरमा प्रयोग हुने ट्याल्क संसारको सबैभन्दा नरम खनिज हो । यो धेरै देशमा बनाइन्छ । यो व्यापक रुपमा कागज, प्लास्टिक र औषधिसहित धेरै उद्योगमा प्रयोग गरिन्छ । 

यो पाउडर न्यापी रास र व्यक्तिगत स्वच्छताको अन्य प्रकार मा प्रयोग गरिन्छ । कहिलेकाहीँ यसमा एस्बेस्टोस हुन्छ । जसले शरीरमा क्यान्सर निम्त्याउन सक्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७