अमेरिकामा घरको औसत मूल्य ४ लाख १३ हजार ५०० डलर

साउन २८, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी - अमेरिकामा घरको मूल्य कीर्तिमानी उच्च स्तरमा उक्लिएको छ । धितो कर्जाको दर बढेर विक्री प्रभावित भए पनि यस वर्षको दोस्रो त्रैमासमा घरको औसत मूल्य ४ लाख १३ हजार ५०० डलर पुगेको छ ।

त्रैमासिक अवधिमा घरको मूल्य ४ लाख डलर माथि उक्लिएको यो पहिलो पटक भएको नेशनल एशोसियशन अफ रियल्टर्स ९एनएआरक० को प्रतिवेदनले देखाएको छ । वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमास कयौं शहरहरूमा घरको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा घरको मूल्य १४ दशमलव २ प्रतिशतले बढेको छ ।

यद्यपि, मूल्य वृद्धि वर्षको पहिलो त्रैमासको भन्दा थोरै सुस्त छ । जनवरी–मार्च त्रैमासमा घरको मूल्य १५ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकाका ८० प्रतिशत नगर क्षेत्रमा घरको मूल्य गएको त्रैमासमा दोहोरो अंकले बढेको छ अर्थात् १८५ नगर क्षेत्रमध्ये १४८ ओटामा घरको मूल्य वृद्धि १० प्रतिशत माथि छ ।

पहिलो त्रैमासमा यसको अनुपात ७० प्रतिशत थियो । घरको मूल्य विशेषगरी न्यून र मध्यम आय भएका कामदारहरूको तलब वृद्धिको गतिलाई उछिन्ने गरी बढेको एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युन बताउँछन् । धितो कर्जाको दर बढेसँगै घरको मूल्य पनि बढेको छ । गएको त्रैमासमा धितो कर्जाको दर ५ प्रतिशत माथि उक्लिएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७