एक आईपीओसहित ४ कम्पनीको शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

१ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आईपीओसहित ४ कम्पनीको शेयर सूचिकृत भएको छ । अपर हेवाखोला हाइड्रोको आईपीओ, नेपाल दूरसञ्चार, हिमालयन एभरेष्ट इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

१. अपर हेवाखोला हाइड्रोपावर
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

२. नेपाल दूरसञ्चार कम्पनी
नेप्सेमा नेपाल दूरसञ्चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ३ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

३. हिमालयन एभरेष्ट इन्स्योरेन्स
साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

४. प्राइम कमर्सियल बैंक 
नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको १७ लाख ४१ हजार ८ सय ८४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्राइम बैंक लिमिटेडले गत चैत्र १६ गतेबाट चैत्र ३० गतेसम्म ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया