आज फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडा पुग्यो, आइतबारबाट दैनिक २५० देखि ३५० गाडी पुग्ने

१ बर्ष अगाडि

काठमाडौं - शनिबार फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उक्त फोहोरका गाडी बञ्चरेडाँडा पुगेका बताएका हुन् । 

कुनै अवरोध नभएमा आइतबारबाट दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने मेयर शाहको भनाइ छ । उनका अनुसार काठमाडौंका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्छ । 

नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ । उनले फोहोर विसर्जन गर्न सबैको सहकार्यको आवश्यकता रहेको पनि बताए ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया