लज्जास्पद हार बेहोर्दै म्यानचेस्टर युनाइटेड अङ्क नजोडी पुछारमा, गाब्रिएल जेसस चम्कँदा आर्सनलको लगातार दोस्रो जित

१ बर्ष अगाडि

एजेन्सी - इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडलाई ४९० गोल अन्तरले पराजित गरेको हो ।

ब्रेन्टफर्डले खेलको पहिलो हाफमा नै युनाइटेडमाथि ४९० को अग्रता हासिल गरेको थियो । ब्रेन्टफर्डको जितमा जोश डासिल्भा, माथिआस जेनसेन, बेन मी र ब्रायन एम्बेउमोले एकरएक गोल गरेका थिए ।

पहिलो खेल लेस्टर सिटीसँग बराबरी खेलको ब्रेन्टफर्डले दोस्रो खेलमा शानदार जित निकालेको छ । त्यसै म्यानचेस्टर युनाइटेडले भने सिजनमा लगातार दोस्रो हार बेहोर्दै सिजनमा खराब सुरुवात गरेको छ ।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अङ्क नजोडी पुछारमा छ । ब्रेन्टफर्ड भने ३ खेलमा ४ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ ।

यस्तै गाब्रीएल जेसस चम्कँदा आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटीलाई ४९२ ले पराजित गरेको । घरेलु मैदानमा एमिरेट्समा जेससले खेलको २३ र ३५ मिनेटमा गोल गरे । 

यस्तै ग्राइन्ट जाकाले ५५ र गाब्रिएल मार्टिनेलीले ७५ मिनेटमा गोल गरे । दुवै गोलका लागि जेससले सहयोग गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल गरे । आर्सनलका विलियम सालिबाले आत्मघाती गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया