आम्दानी बढेसँगै टेलिकमको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी कति ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ । 

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया