नागरिकता विधेयक : पुनः जस्ताको तस्तै राष्ट्रपति कहाँ पठाउने सत्ता गठबन्धको निर्णय

१ बर्ष अगाडि

काठमाडौं- राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपति कहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त विधेयक संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक १५ दिनपछि संसदमा नै पुनर्विचार गर्न भनी टिप्पणसहित यही साउन २९ गते फिर्ता गरेकी थिइन । सो विधेयक फिर्ता भएको पत्रसहित आजको प्रनिनिधि सभा बैठकमा पेश भइसकेको छ ।

पुनः छलफलका लागि संसदमा पेश भएको उक्त विधेयकलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । 

राष्ट्रपति विधेयक फिर्ता गरेपछि सत्ता पक्षकै नेताहरुले त्यसमाथि अध्ययन गर्नुपर्ने आवाज उठाइरहेका छन्। भने, प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले भने वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने अडानमा छ।  

१ बर्ष अगाडि

प्रतिक्रिया