संघीय र प्रदेश संसदको निर्वाचनमा माओवादी र समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लडने

१ बर्ष अगाडि

काठमाडौं - संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन् ।

मंसिर ४ गते हुने संघीय संसद र प्रदेश संसदको निर्वाचनमा निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचन लडने भएका हुन ।

निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिह्नमा लडनेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन ।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लडने भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया