आईएमएस ग्रुपद्धारा नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च

१ बर्ष अगाडि

काठमाडौं - आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । यसका साथै आईएमएस पराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ । 

पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो । जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ । पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षणमा लिदर हो र पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ । 

यसले विभिन्न प्रकारका उत्पादन प्रदान गर्दछ । जसमा रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन छन् । यस उत्पादनले एक वैकल्पिक र पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेषगरी बालबालिका, गर्भवती र संवेदनशील छाला भएकाहरुलाई । 

पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित पनि हो । पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिन्छ । यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाइलो गर्ने बालबालिकाहरुका लागि र हाइकिङ, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरु र पारिवारिक पिकनिकमा लागेका मानिसका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ ।

पाराकिटो अब आईएमएस लिटल स्माइलस शोरुमहरुमा विशेष रुपमा उपलब्ध छ । नेपालकै पहिलो प्रिमियम मल्टि–ब्रान्ड आउटलेट  बालबालिकाका लागि । आईएमएस लिटल स्माइल शोरुमहरु दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा स्थित छ र यहाँ डा। ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेनजस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरु बेच्ने गरिन्छ । 

पाराकिटो स्मार्टडोकोमा अनलाइन उपलब्ध छ । जुन नेपालको सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्स ब्रान्ड हो। जसले ७७ जिल्लामा उत्पादनहरु पुर्याउँछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया