एजेन्सी - फ्लाइङ कार अर्थात उड्ने कार अब किन्न सकिने भएको छ । फ्लाइङ कार भनेको यस्तो गाडी हो, जसलाई सडकमा चलाउन सकिन्छ र आकाशमा पनि उडाउन सकिन्छ ।
अमेरिकी बजारमा ‘स्विचब्लेड’ पहिलो उडान कार किन्न सकिन्छ । यो कारको करिब २ हजार युनिट बुकिङ भइसकेको छ। सामसन स्काईले १४ वर्ष लगाएर यो कार बनाउन सफल भएको हो ।
डिजाइन, आर एन्ड डी र कोष जुटाउन वर्षौंको कामपछि सामसन स्काइृको पहिलो उडान कारले उच्च गतिको ट्याक्सी परीक्षण पूरा गरेको छ । यो कारलाई ८७ माइल प्रतिघन्टाको गतिमा उडाउनुका साथै ब्रेक टेस्टिङ पनि गरिएको छ ।
उडान कारलाई वास्तविकतामा परिणत गर्नु धेरै रोमाञ्चक छ । तर यो यस्तो सपना हो, जुन पूरा भएर पनि अधुरो छ। यसलाई प्रयोग गर्न रनवे चाहिन्छ । अर्थात्, कानुनी रुपमा ग्राहक कुनै पनि उडानको प्रोटोकल पालना गरेरमात्र उडान गर्न सक्षम हुनेछन् । यसको मतलब यो पनि हो कि कारको टेक अफ र टेक डाउन स्थान हवाईजहाजको जस्तै हुनेछ ।
यो प्रश्न धेरैको मनमा उठिरहेको हुनुपर्छ । कम्पनी भन्छ, ‘तपाइँ जहाँ चाहनुहुन्छ उड्न सक्नुहुन्छ।’ तर, वास्तविकता यो होइन । हाल अमेरिकामा निजी उडान ट्याक्सीका लागि विशेष सुविधा विकास गरिएको छैन । यसबाहेक कार मालिकहरुले एयरपोर्टहरुमा उनीहरुको स्लट कसरी बुक गर्ने भन्नेबारे जानकारी पनि अझै थाहा छैन ।
अब कारको मूल्यको कुरा गरौँ। एक करोड वा दुई करोडको गाडी सुन्नु सामान्य लाग्न सक्छ । यसको मूल्य पनि उस्तै छ। यसका लागि १।७ लाख डलर खर्च गर्नुपर्ने हुन्छ । यद्यपि यो अनुमानित मूल्यमात्र हो ।
यो प्रश्न पनि मनमा आउन सक्छ । किनकि धेरैजसो व्यक्तिसँग कार चलाउने अनुमतिपत्र हुनेछ । तर, यसलाई चलाउनका लागि कार र उड्डयन लाइसेन्स दुवै चाहिन्छ । कम्पनीले आफ्नो कार बुक गर्ने २० प्रतिशत ननपाइलट रहेको जनाएको छ ।
प्रतिक्रिया