रिडी हाइड्रोपावरसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार झिनो अंकले घट्न पुगेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.८३ अंक घटेर २०४१.८३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३६ अंकले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ ।  हिजो २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४० करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक रिडी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । आज कम्पनीको एकैदिन १८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ९ लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसी फाइनान्सको ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया