पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या घट्दै

१ बर्ष अगाडि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

५ हजार ६१९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्या बराबरमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता सो अवधिमा थप ५२६  जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २५९  पुगेको छ । 

बितेको २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा ९० हजार ४४७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया