भन्सारमा रोकिएको ९ सय गाडीको जाँचपास गर्ने बाटो खुल्यो

१ बर्ष अगाडि

काठमाडौं- भाषिक अस्पष्टताले भन्सारमा रोकिएका ९ सय गाडीको जाचँपास गर्ने बाटो खुलेको छ ।

सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिन दोस्रोपटक असार ३१ गते प्रकाशित गरेको सूचनामा भाषिक अस्पष्टता हुँदा त्यसयता सवारी जाँचपास रोकिएको थियो।

अस्पष्टताबारे वाणिज्य मन्त्रालयले राजपत्रमा बुधबार सूचना प्रकाशित गर्दै जाँचपास गर्न सकिने व्यवस्था गरेपछि गाडीको जाँचपास हुने भएको हो ।

असार ३१ गते जारी भएको राजपत्रमा पुरानो प्रतिबन्धलाई निरन्तरता वा प्रतिस्थापन भन्ने स्पष्ट नहुँदा एलसी खुलेर भन्सार बिन्दुमा आइपुगेका कारको जाँचपास रोकिएको थियो।

१ बर्ष अगाडि

प्रतिक्रिया