एकैदिन ९ ब्रोकरले सेबोनबाट पाए ११ स्थानमा शाखा विस्तारको अनुमति, कसको कहाँ ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले एकैदिन थप ९ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ ।

सेबोनले मंगलबार थप ९ वटा ब्रोकर कम्पनीलाई विभिन्न ११ स्थानमा नयाँ शाखा विस्तारका लागि अनुमति दिएको हो । 

ब्रोकर नं.५७
सेबोनले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं.) ५७० लाई पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा खोल्न अनुमति दिएको छ । 

ब्रोकर नं. ३६
सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६० ले झापाको दमकमा शाखा विस्तारको अनुमति पाएको छ ।   

ब्रोकर नं. २९
त्रिशूल सेक्युरिटिज (ब्रोकर नं. २९) ले नवलपुरको कावासोतीमा शाखा विस्तारको अनुमति पाएको छ ।   

ब्रोकर नं. १७
जेएफ सेक्युरिटिज (ब्रोकर नं. १७) ले दाङको तुलसीपुरमा शाखा विस्तारको अनुमति पाएको छ ।   

ब्रोकर नं. ५१
अक्सफोर्ड सेक्युरिटिज (ब्रोकर नं. ५१) नवलपुरको भुमहीमा शाखा विस्तारको अनुमति पाएको छ ।   

ब्रोकर नं. ५९
दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस (ब्रोकर नं. ५९) ले पर्वतको कुस्मामा शाखा विस्तारको अनुमति पाएको छ । 

ब्रोकर नं. ३८
दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं.३८) ले कैलालीको लम्कीमा शाखा विस्तारको अनुमति पाएको छ ।    

ब्रोकर नं. ४४
डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं.४४) ले चितवनको भरतपुरमा शाखा विस्तारको अनुमति पाएको छ ।   

ब्रोकर नं. ११
मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ (ब्रोकर नं. ११) ले पाँचथरको फिदिम र इलामको इलाम बजारमा शाखा खोल्न सेबोनको अनुमति पाएका छन् ।

सेबोनले यसअघि ४ ब्रोकर कम्पनीलाई ७ ठाउँमामा शाखा खोल्न अन्तिम स्वीकृति दिइसकेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया