मेरो शेयरसहित सीडीएससीको सबै सेवा आज साँझबाट एक दिनसम्म अवरुद्ध हुने

१ बर्ष अगाडि

काठमाडौं- सिडिएस एण्ड क्लियारिङ (सीडीएससी) को सम्पूर्ण सेवाहरू एक दिन अवरुद्ध हुने भएको छ ।

सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर न्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले कम्पनीले सञ्चालन गरेका सेवाहरू आज साँझ ५ः३० देखि अधिकतम एक दिनसम्म अवरुद्ध हुने सीडीएससीले जनाएको छ । 

उक्त अवधिमा कम्पनीले सञ्चालन गरेका मेरो शेयर, सीआस्बा, वेब सीडीएस, सीएनएस लगायतका सेवाहरू अवरुद्ध हुनेछन्, जसका कारण लगानीकर्ताले आईपीओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न, पोर्टफोलियो हेर्नलगायत सुविधाबाट वञ्चित रहने कम्पनीले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया