रिडी हाइड्रोपावरसहित यी १० कम्पनीको शेयर कारोबार सर्वाधिक, कुनको कति ?

१ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहिबार) शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८.४२ को विन्दुमा पुगेको छ ।

शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज नेप्सेमा ५१ लाख १ हजार २९० कित्ता शेयर खरिदबिक्री हुदाँ दुई अर्ब ५ करोडमाथिको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । 

सो रकमबराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर किनबेच भएको छ । कम्पनीको आज एकैदिन १० करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको ७ करोड ८० लाख, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, अरुण काबेली पावरको ५ करोड ५६ लाख र आइसिएफसी फाइनान्सको ५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया