बिहीबार शेयर बजारमा हरियाली, परिसुचक सहित कारोबार रकम पनि बढ्यो

१ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८.४२ को विन्दुमा पुगेको छ ।

शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज नेप्सेमा ५१ लाख १ हजार २९० कित्ता शेयर खरिदबिक्री हुदाँ दुई अर्ब ५ करोडमाथिको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । 

बिहीबार नेप्से बढेसँगै दुई स्टकको शेयरमूल्य १० प्रतिशतले र दुई स्टकको शेयर शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य १० प्रतिशतले बढेको हो भने श्वेतगंगा हाइड्रोपावरको ९.९७ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको शेयर ९.९६ प्रतिशतले बढेको हो। त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल प्रगति फण्डको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यसैगरी, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया