७ हाइड्रोपावरको नाफा शत प्रतिशत बढिले बढ्यो

१ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ४४ हाइड्रोपावर कम्पनीमा ७ हाइड्रोपावरको नाफा शत प्रतिशत भन्दा धेरैले बढेको छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने हाइड्रोपावर कम्पनीहरुमा २८ वटा हाइड्रोपावर कम्पनी नाफामा देखिएका छन भने बाँकी १६ वटा हाइड्रोपावर कम्पनी घाटामा छन् । 

४४ हाइड्रोपावर कम्पनीमा २३ हाइड्रोपावर कम्पनीले नाफामा सुधार गरेका छन् त्यस बाहेकका हाइड्रोपावरको नाफामा भने झनै गिरावट देखिन्छ । 

वित्तीय विवरण अनुसार आँखुखोला हाइड्रोपावरले नाफामा सबैभन्दा धेरै सुधार गरेको छ भने माउन्टेन हाइड्रो, रिडि पावर, माउन्टेन इनर्जी, पाँचथर पावर, युनियन हाइड्रोपावर र न्यादी हाइड्रोपावरको नाफामा शत प्रतिशत भन्दा धेरैको सुधार देखिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया