राष्ट्रिय वाणिज्य बैंक युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सर

१ बर्ष अगाडि

काठमाडौं - सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । 

नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेबिच टाइटल स्पोन्सरका लागि बिहिवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५७ वर्षपहिला स्थापना भएको वाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिबद्धता ब्यक्त गरे ।

 पहिलो सिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै उनले यो सम्मेलनले देशभरका युवाहरुमा बित्तिय साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास ब्यक्त गरे । 

सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहनेगरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब ५०० जना युवा सम्मेलनमा सहभागी हुनेछन्। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया