हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्तको नाफा ३७.४२ प्रतिशत घट्यो, कर्जा परिचालन कति ?

१ बर्ष अगाडि

काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अर्थिक वर्ष १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तीय विवरणअनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा ३७.४२ प्रतिशतले कम हो । अघिल्लो वर्ष संस्थाले १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २५.३६ प्रतिशतले घटेर १ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो 

गत वर्ष संस्थाले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ४० लाख रुपैयाँ भएको थियो । खुद ब्याज आम्दानी १७.१९ प्रतिशतले बढेको छ । 

समीक्षा वर्षमा संस्थाले १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले १ अर्ब ४३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । 

संस्थाको रिजर्भको आकार १३४.४२ प्रतिशतले बढेर १ करोड ९१ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ८१ लाख ६७ हजार रुपैयाँ थियो । 

संस्थाको एनपीएल बढेर २.६० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.५४ प्रतिशतमा सीमित थियो । संस्थाले हालै आईपीओ बिक्री गरेको थियो 

१ बर्ष अगाडि

प्रतिक्रिया