आम्दानीसँगै सोल्टी होटलको नाफा पनि बढ्यो, मूल्य आम्दानी अनुपात कति ?

१ बर्ष अगाडि

काठमाडौं - सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षमा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ । आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ । 

असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया