वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्ने

१ बर्ष अगाडि

काठमाडौं - निःसन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशतसम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आईभीएफले आज (कृष्ण जन्माष्टमीका दिन) आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदैछ । 

यही अवसरमा यस क्लिनिकले २५०० भन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुसी दिइसकेको बताएको छ र प्रजनन् उपचारमा काठमाण्डौबाहिरका दम्पतीको पनि पहुँच बढाउन देशका ३ प्रमुख सहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।  

वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एकदिने शिविर पोखरा, बिर्तामोड र नेपालगन्जमा हुनेछ । 

भदौ ४ गते पोखराको सभागृहचोकस्थित मेघा हेल्थकेयरमा, भदौ ११ गते निशा झापाको बिर्तामोडस्थित एड्भान्स अल्ट्रासाउन्ड एन्ड डाइग्नोस्टिक क्लिनिकमा र भदौ १८ गते नेपालगन्जको बीटीएसचोकस्थित वात्सल्य हेल्थकेयर नेपालगन्ज शाखामा शिविर हुनेछन् । शिविर बिहान १० बजेदेखि सुरु हुनेछ । 

शिविरमा सेवाग्राहीले आफ्नो प्रजनन् अवस्थासम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुका कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन् । पूर्ण परीक्षणपश्चात आईभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ ।

शिविरमा नाम दर्ता गराउन ९८०१८२३४०१ वा ९८०२३२०९९१ सम्पर्क गर्न सकिनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया