कुमारी बैंकको सम्पूर्ण खातामा सी-आस्बा आवेदन शुल्क नलाग्ने

१ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी(आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

भदौ १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन । 

ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया