माथिल्लो तामाकोशीद्धारा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

१ बर्ष अगाडि

काठमाडौं - माथिल्लो तामाकोशीको चौधौ वर्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनी घाटामा रहेको कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया