रियलमी ९ प्रो फाइभजी र रियलमी सी३० नेपाली बजारमा लन्च, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभजी रियलमी सी३० लन्च गरेको छ ।

लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रा लागि एकदमै महत्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताले खोजेको मूल्यमा उपलब्ध छ ।’

रियलमी ९ प्रो फाइभजी 
इन्डस्ट्री लिडिङ लाइट सिफ्ट डिजाइनयुक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली फाइभजी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ ।

यसमा फाइभजी प्रोसेसर मध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपीको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एंगल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिंगर प्रिन्ट सेन्सर रहेको छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्री भएको यो रियलमी ९ प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घन्टासम्म टिक्छ भने १३९ घन्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मूल्य रु. ३८ हजार ९९९ रहेको छ ।

रियलमी सी३० 
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । 

यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्कामध्येको एक हो । यसको हाई स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ । शक्तिशाली ५००० एमएएचको ब्याट्रीका साथमा प्रयोगकर्ताहरुले दिनभरि नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाई मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बु ग्रिन र लेक ब्लु रङमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मूल्य रु. १४ हजार ४९९ छ भने ४/६४ को रु.१९ हजार ९९९ रहेको छ । रियलमी सी३० नेपालभरका स्टोर र अनलाइनमार्फत दराजमा भदौ ५ गतेबाट उपलब्ध हुनेछ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया