नेपाली बजारमा आयो शाओमी १२ लाइट, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अल्ट्रा स्लिम शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । 

हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर डिजाइन शाओमी १२ लाइट गरिएको हो । जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभूति हुन्छ ।

लन्चमा बोल्दै शाओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘शाओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अबटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन शाओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागसिप पफर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’

‘यसमा फ्ल्यागसिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ’, उनले भने । 

६१२८ जीबी र ८१२८ जीबी स्टोरेजसहित आउने शाओमी १२ लाइट हरियो, गुलाफी र कालो रङमा उपलब्ध छ । यसको मूल्य ६१२८ जीबी रु. ५० हजार ९९९ र ८१२८ जीबी रु. ५३ हजार ९९९ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा उपलब्ध हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया