ताप्लेजुङको पाथीभरालाई दियो नेपाल टेलिकमले डस्टबिन, फोर जी सञ्चालनका लागि तयारी सुरु

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर क्षेत्रका लागि नेपाल टेलिकमले डस्टबिन प्रदान  गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत पाथीभरा क्षेत्रमा फोहोर राख्नका लागि ३० वटा डस्टबिन प्रदान गरेको हो । 

समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक मनमणि काफ्लेले सामाग्री बुझेका छन् । पाथीभरामा फोहोर सङ्कलनका लागि डस्टबिन उपयोगी मानिएको छ । 

पाथीभरा क्षेत्रमा फोर जी सञ्चालन गर्नका लागि तयारी सुरु गरेको पनि बताइएको छ । नेपाल टेलिकम प्रदेश नं. १ प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशक लक्ष्मण महर्जनले फोर जी सञ्चालनको काम भइरहेको बताए ।

१ बर्ष अगाडि

प्रतिक्रिया