नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको नामावली टुंगो लगायो

१ बर्ष अगाडि

काठमाडौं -  नेपाली कांग्रेस ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेपाली कांग्रेस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै उक्त नामावली टुंगो लगाएको हो ।

जसमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका लागि नेपाली कांग्रेस ताप्लेजुङ पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, प्रदेश न. १ का सामाजिक विकास मन्त्री प्रताप प्रकाश हाङगाम, महाधिवेशन प्रतिनिधिहरूमा बलबहादुर तामाङ मणि लामा र टिकाराम गुरुङको नाम सिफारिस भएको हो ।

त्यस्तै प्रतिनिधिसभा समानुपातिकको लागि महाधिवेशन प्रतिनिधि युवराज गुरुङ, शिला ईजम, लीला देवि बोखिमको नाम सिफारिस गरेको कांग्रेस ताप्लेजुङले जनाएको छ ।

त्यस्तै प्रदेशसभा 'ख' मा प्रत्यक्षतर्फका लागि महाधिवेशन प्रतिनिधि खगेन सिं हाङगामका एकल नाम सिफारिस भएको छ भने समानुपातिकको खुलातर्फ जिल्ला उपसभापति गणेशबहादुर लिम्बु, प्रदेश सदस्य ईन्द्रकुमार केदेम, क्षेत्रिय प्रतिनिधि टेकबहादुर साँवा र महाधिवेसन प्रतिनिधि तील प्रसाद सुब्बाको नाम सिफारिस भएको छ ।

यस्तै महिला तर्फ जिल्ला सदस्य कविता सुब्वा, महाधिवेसन प्रतिनिधि गीता सेन्दाङ, महाधिवेसन प्रतिनिधि कल्पना देवि सिटौला, प्रदेश अधिवेशन प्रतिनिधि नरमाया केदेम र जिल्ला सदस्य चन्द्रमाया लिम्बुको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभा 'क' मा प्रत्यक्ष तर्फ प्रदेश अधिवेशन प्रतिनिधि गोपाल गुरुङ, जिल्ला उपसभापति डिल्लीरमण बराल, प्रदेशसभा क्षेत्रिय सभापति लक्ष्मी चौहानको नाम सिफारिस भएको छ । 

समानुपातिकको खुलातर्फ महाधिवेसन प्रतिनिधि तथा पूर्वसभापति केशव दाहाल, महाधिवेसन प्रतिनिधि तथा तरुणदलका  पूर्व केन्द्रीय महासचिव पदम पालुङवा, क्षेत्रिय प्रतिनिधि मंगलबहादुर मेन्याङ्वो, प्रेस युनियन जिल्ला अध्यक्ष सन्तोष कुमार सार्की र क्षेत्रिय प्रतिनिधि रामबहादुर लिम्बुको नाम सिफारिस भएको छ । 

साथै महिला तर्फ जिल्ला सदस्य मातृका देवि प्रसाई, प्रदेश सदस्य मिनाकुमारी गुरुङ,  महाधिवेसन प्रतिनिधि शिला ईजम र नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य गीता चौहानको नाम सिफारिस गरेको नेपाली कांग्रेस ताप्लेजुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया