साढे १२ लाख बढी कित्ता सेयर बिक्री गर्दै ङादी ग्रुप

१ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावरले अवितरित साढे १२ लाख बढी कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री राख्ने भएको छ । 

कम्पनी साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यो हकप्रद सेयर बुधबार बाँडफाँड गरिएको छ । जसअनुसार कुल कित्तामध्ये ९३ लाख ४६ हजार ६९६ कित्तामा मात्र बिक्री भएको छ ।

यो हिसाबले कम्पनीको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद बिक्री भएन । सोही बिक्री हुन नसकेको सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया