४१० करोडको बजेटमा बनेको 'ब्रह्मास्त्र' रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक

भदौ २५, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ । 

रिपोर्टका अनुसार 'ब्रह्मास्त्र' को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता साइटहरूमा लिक भएको छ। यसले सकारात्मक समीक्षा र ठुलो अग्रिम बुकिङको बाबजुद, फिल्मको लिकले बक्स-अफिस नम्बरहरूलाई असर गर्न सक्ने चिन्ता व्यक्त गरिएको । यसका कारण फिल्मका निर्माताले ठुलो घाटा बेहोर्नु पर्ने हुनसक्छ ।

केही दिनअघि निर्माताहरूले अनलाइन पाइरेसी साइटहरू विरुद्ध दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए। जसको सुनुवाइ गर्दै अदालतले त्यस्ता १८ वेबसाइटलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो । यति हुँदाहुँदै पनि ब्रह्मास्त्र एचडीमा लिक भयो । अनलाइनमा चलचित्र लिक भएको यो पहिलो पटक भने होइन । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षाबन्धन’ र रणवीर कपूरको ‘शमशेरा’ जस्ता भर्खरै रिलिज भएका चलचित्रहरू पनि पाइरेसीको सिकार भएका छन् ।

‘ब्रह्मास्त्र’ ले मिश्रित प्रतिक्रिया पाएको छ । यो फिल्म रिलिज हुनुअघि नै निकै चर्चा थियो । बहिष्कार प्रवृत्ति र मिश्रित समीक्षा पछि पनि अग्रिम बुकिङमा कुनै कमी छैन । फिल्मले ठुलो अङ्कले ओपनिङ गरेको छ । फिल्मले २८.५ करोड भारुको अग्रिम बुकिङ गरेको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७