प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्ने

१ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

यसैगरी, देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने उनले बताएका छन् । अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका छन् ।

उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए । उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया