सेलपेको फ्लिप फेस्टिभल अफर : सामसङ ग्यालेक्सी फ्लिप३ जित्ने मौका

१ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजय दशमीकोे पावन अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ । 

यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले १जीबी डाटा प्याक १० दिनका लागि र एकजना लक्की विजेताले लक्की ड्रमार्फत सामसङ ग्यालेक्सी फ्लिप३ पाउनेछन् । 

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । 

यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामान खरिद गर्न सक्नेछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया