ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे, डिजिटल वालेटमार्फत एक महिनामा १७ अर्ब बढीको कारोबार

१ बर्ष अगाडि

काठमाडौं - ट्राफिक जरिवाना हाल आइएमई पे वालेटमार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन महिनामा मात्र १ करोड ४० लाख भन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत गरेका छन् । 

उक्त तथ्यांक उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्नेमा आइएमई पेका प्रमुख व्यापार अधिकृत बस्नेतले जोड दिए । 

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उद्देश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन् । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

१ बर्ष अगाडि

प्रतिक्रिया