बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने

१ बर्ष अगाडि

काठमाडौं - बरुण इन्भेष्टमेन्टले १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई समेत गरी उक्त परिमाणको आईपीओ जारी गर्ने भएको हो ।

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । 

संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

बरुण इन्भेष्टमेन्ट लि। ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि. (३८४७ मेगावाट) र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४।४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया