त्रिशूली–३ बी को आईपीओमा दुई दिनमा ३ करोड ८३ लाख बढि लगानी थप

असोज ६, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको आईपीओ सेयरमा विद्यमान लगानीकर्ताहरूले दुई दिनमा ३ करोड ८३ लाख २१ हजार १५१ रुपैयाँ लगानी थप गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ हजार ९१८ जना सेयरधनीले ४ लाख ४० हजार ४७३ कित्ता सेयरका लागि ८७ रुपैयाँका दरले सो रकम थप गरेका हुन् । पहिलो दिन मंगलबार ७ हजार ९७४ जनाबाट १ लाख ८६ हजार ३९३ कित्ता सेयरका लागि १ करोड ६२ लाख १६ हजार १९१ रुपैयाँ बराबरको आवेदन परेको थियो ।

कम्पनीले यसअघि नै लगानीकर्ताबाट १० रुपैयाँका दरले रकम संकलन गरेको थियो भने ३ रुपैयाँ सो रकमको ब्याज प्राप्त भएकाले हाल लगानीकर्ताबाट ८७ रुपैयाँ रकम संकलन गरेको हो ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अनुसार यसअघि १० रुपैयाँ रकम बुझाएका सर्वसाधारण सेयरधनीले सेयर बापतको बाँकी ९८७ रुपैयाँ० रकम आगामी १७ कात्तिक गतेसम्म थप रकम बुझाउन सक्नेछन् ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९ कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत ० सेयर निष्कासन गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ८७ रुपैयाँ बुझाउनुपर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ८७ प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ८७ रुपैयाँको दरले ३२ करोड २३ लाख ३५ हजार रुपैयाँ संकलन हुनेछ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि‚ २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७