दुबईमा कार धुने काम गर्ने एक नेपालीलाई ३५ करोडको चिठ्ठा

१ बर्ष अगाडि

काठमाडौं - दुबईमा कार धुने काम गर्ने एक नेपाली युवाले चिठ्ठामा एक करोड दिराम (रु. ३५ करोड बराबर) जितेका छन्। 

विगत ३ वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन् । यो चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहेको गल्फ न्युजले जनाएको छ । 

मजुजले साप्ताहिक रुपमा चिठ्ठा खोल्ने गरेको छ । यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए । ‘अन्ततः उनको भाग्य खुल्यो र चिठ्ठा जित्न सफल भए’, गल्फ न्युजमा लेखिएको छ । 

मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए । ‘अहिलेसम्म करिब ३ हजार २०० नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’, सामजीले भने ।

कार धुने काममा भरतले मासिन १ हजार ३०० दिराम पारिश्रमिक पाउँछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया