लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ क्यापिटलको ११औं बार्षिक साधारण सभा बोलाएको छ । सभा असोज २८ गते बस्ने भएको हो । 

सभा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे गर्ने कम्पनीले जनाएको छ । उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता २५ प्रतिशत अर्थात ५ करोड कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु पारित गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया