फेडको झट्काका कारण अमेरिकी शेयर बजारमा पहिरो

असोज ६, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी-अमेरिकी शेयर बजारमा पहिरो गएको छ। केन्द्रीय बैंकले बुधबार लगातार तेस्रो पटक ब्याजदर बढाएसंगै अमेरिकी शेयर बजार उच्च अंकले ओरालो लागेको हो ।

फेडको झट्काका कारण अमेरिकी शेयर बजार ठूलो गिरावटका साथ बन्द भएको छ। डाउ जोन्स ५२२ अंकले घटेर ३०१८४ को स्तरमा बन्द भएको छ भने नास्डक २०५ अंक गुमाएर ११२२० को स्तरमा बन्द भएको छ। एसएन्डपी १७५ प्रतिशतले तल ओर्लिएको छ। 

अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर ०.७५ प्रतिशतले बढाएका हुन्। ब्याजदर बढेर ३–३.२ प्रतिशत पुगेको छ।

मुद्रास्फीति नियन्त्रण गर्न लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो। अमेरिकी फेडले आगामी बैठकमा पनि ब्याजदर बढाउन सक्ने संकेत गरेको छ।

यसअघि असार २७ गते ब्याजदर बढेको थियो। अमेरिकी फेडलाई मुद्रास्फीतिको बारेमा चिन्तित छ। यूएस फेड मुद्रास्फीति २५ मा ल्याउन प्रतिबद्ध छ। केन्द्रीय बैंकले सन् २०२३ सम्ममा ब्याजदर ४.६ प्रतिशतमा पुर्याउने अनुमान गरेको छ। बेन्चमार्क दर वर्षको अन्त्यसम्ममा ४.४ प्रतिशतमा बढाउन सकिन्छ। यसपछि सन् २०२३ मा ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने गरेका छन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७