हिजो बढेको शेयर बजार आज ९ अंकले घट्यो,कारोबार रकम पनि सुस्त

असोज ६, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं, बिहीबार शेयर बजार फेरि ओरालो लागेको छ । बुधबार ११ अंकले बढेको बजार बिहीबार  ९ अंकले घटेको छ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ९.८३ प्रतिशतले घटेर १८३८.९६ विन्दुमा झरेको छ। बिहीबार कारोबार रकम पनि सुस्त छ। अघिल्लो दिन ७२ करोडको कारोबार भएको बजारमा बिहीबार ६५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। यस दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार पनि सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत, एनसिसि बैंकको २.४३ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको २.२७ प्रतिशत र बरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ।

यता विन्दवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५।२६ प्रतिशतले घटेको छ भने श्वेत गंगा हाइड्रोपावरको ४।९६ प्रतिशत, तेह्रथुम पावरको ४।१६ प्रतिशत र आरएसडिसी लघुवित्तको ४।१२ प्रतिशतले घटेको छ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बोटलर्स नेपालको २ करोड ४१ लाख, अपी पावरको १ करोड ६१ लाख र रिडी हाइड्रोपावरको १ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७