अर्थमन्त्रीको प्रश्न : बैंकमा पैसा राखेर १४/१५ प्रतिशत आम्दानी लिन पाइन्छ त्यो देशमा उत्पादन सम्भव होला ?

१ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४/१५ प्रतिशत आम्दानी लिन पाइन्छ त्यो देशमा उत्पादन सम्भव होला ? भन्दै प्रश्न गरेका छन् ।  नाडा विद्युतीय एक्सपोको उद्घाटन सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले प्रश्न गरेका हुन् ।

उनले ‘जुन देशका बैंकहरुमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत र १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ भने त्यो देशमा उत्पादन हुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘पक्कै पनि हुँदैन। यहीँनेर समस्या आएको हो। यो समस्यालाई हल गर्नुपर्छ।’

‘जुन उद्योगमा पैसा लगाउँदाबाट ४ प्रतिशत वा १० प्रतिशत आउला, अनि किन उद्योगमा पैसा लगाउने रु’, प्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘जग्गामा पैसा लगाउँदा दोब्बर आम्दानी होला अनि किन उत्पादनमूलक क्षेत्रमा लगाउने ?’

ब्याजदरका सम्बन्धमा बनेका नीतिहरु कडाइका साथ कार्यान्वयन गर्नुपर्ने शर्माले बताए। ‘ब्याजदरका सन्दर्भमा सम्बन्धित निकाय र बैंकहरुसँग छलफल हुन्छ’, उनले भने, ‘अर्को साताभित्र निष्कर्ष आउँछ।’ 

१ बर्ष अगाडि

प्रतिक्रिया