एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् सुविधा

१ बर्ष अगाडि

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ। 

यी प्याकहरु शुक्रबार (असोज ७) देखि लागू हुनेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन्। भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन्। 

१ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र रु. ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन्। त्यस्तै ७ दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले रु. २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन्। 

आफ्नो आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित मात्र रु. ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन्।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकताअनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्। त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत यी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन्। 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया