सिटिजन्स बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने

१ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।

उक्त बैठकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया