मुस्ताङ बाहेक ७६ जिल्लामा पुग्यो डेंगु, ३२ जनाको मृत्यु

१ बर्ष अगाडि

काठमाडौं- पछिल्लो समय डेंगु बिरामीको संख्या अत्याधिक बढ्न थालेको छ । गएको २४ घण्टाभित्र  डेंगुका एक हजार ५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म देशभरका मुस्ताङ बाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । सरकारले यसलाई प्रकोप घोषणा गर्ने तयारी गरेको छ ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया