इसेवाको सीईओमा जगदीश खड्का नियुक्त

१ बर्ष अगाडि

काठमाडौं - इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जगदीश खड्का नियुक्त भएका छन् । 

चाटर्ड एकाउन्टेन्ट  खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । सीईओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । 

खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए । 

सेवा सञ्चालक समितिले यसअघि सीईओको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइपुर्याउन सफल भएका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ । उनी सीईओका रुपमा बाहिर रहे पनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन् । 

सीईओबाट सापकोटको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया