‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई हौसला स्वरुप योगेश भट्टराईले गरे नगद सहयोग

१ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग गरेका छन् ।

‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ को अवसरमा विहीबार सम्पन्न भएको ‘ताप्लेजुङ महिला हाफ म्याराथन’ मा प्रथम भएकी ताप्लेजुङ मैवाखोला गाँउपालिकाका समपाल्मु शेर्पालाई हौसला स्वरुप ६ हजार नगद सहयोग गरेका हुन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी थिइन् ।

निर्वतमान प्रतिनिधिसभा सदस्य भट्टराईले तेस्रो भएकी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाकी पेम्वाल्हामु शेर्पालाई पनि नगद ५ हजार प्रदान गरेका छन् । शेर्पा ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गदै तेस्रो भएकी हुन् ।

भट्टराईले विजेता शेर्पाद्वयलाई बधाई पनि दिएका छन् । साथै उनले खेल क्षेत्रको प्रगतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । खेल क्षेत्रमा अवसर आए र सहयोग चाहिएमा सम्पर्क गर्न समेत बिजेताहरूलाई आग्रह गरेका छन् ।

म्याराथनमा दोश्रो स्थान भने भोजपुरकी छेम्बिमाया राई भएकी थिइन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया