माछापुच्छ्रे बैंक २३औँ वर्षमा प्रवेश

१ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंक २२औँ वर्ष पार गरी २३औँ वर्षमा प्रवेश गरेको छ । 

२२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकका रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकका रुपमा स्थापित हुन सफल भएको छ । 

२२ वर्षको दौरानमा बैंकप्रति अनवरत रुपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति बैंक सदैव अनुग्रहित बैंकले जनाएको छ । २३औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । 

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

माछापुच्छ्रे बैंकले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया