जापानले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

१ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । BODAI HADANO KANAGAWA सहरमा रहेको MEISEI KENSETSU CO.LTD कम्पनीले ३ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ७ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ६० हजार बढि पाउनेछ । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रा लिको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा असोज ३१ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया