विश्वकपका लागि कतार जनाले कोरोना परीक्षण गर्नु नपर्ने

१ बर्ष अगाडि

काठमाडौं - आगामी २० नोभेम्बरबाट सुरु हुने विश्वकपका लागि कतार जनाले कोरोना परीक्षण गर्न नपर्ने भएको छ । १ नोभेम्बरबाट कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारी नागरिक र त्यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको छ । १८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेल खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला बनाइसकेको छ । 

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ ।पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ भने १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल तथा अन्तिम खेल हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया